बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेस गर्न स्वीकृति दिने सरकारको निर्णय

बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेस गर्न स्वीकृति दिने सरकारको निर्णय


बैकिङ्ग समाचार,काठमाडौं । 

सरकारले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकिङ कसुर तथा सजाय ऐन संशोधन प्रक्रिया अघि बढाइने उल्लेख थियो ।

सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै मन्त्रिपरिषद बैठकले ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने पनि निर्णय गरेको छ ।