काठमाडौं – काठमाडौंको हाचलस्थित गोदाममा अवैध रूपमा विष्फोटक पदार्थ (पटाका) तथा राजस्व छली गरी भण्डारण गरिएको सामानसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको राजस्थान राज्य, चुरु जिल्ला घर भएका ४८ वर्षीय सुनिल कुमार रहेका छन् ।
विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ताहाचलमा कुमारले भाडामा लिएर सञ्चालन गरेको गोदाममा छापा मार्दा विभिन्न प्रकारका पटाका, आतिसबाजी, कपडा तथा अन्य सामानहरू बरामद गरेको हो। उनी हाल काठमाडौँ महानगरपालिका–१३, ताहाचलमा बस्दै आएका थिए।
उनका साथबाट प्रहरीले विभिन्न प्रकारका पटाका तथा आतिसबाजी १,२७१ प्याकेट, ‘रेड काउ’ लेखिएको ५०० ग्राम तौलको पाउडर दूध १६० प्याकेट, ‘म्याक्सजोन क्लोथिङ’ लेखिएको विभिन्न रङका टिसर्ट ३२० थान, एसडब्लुसीपी डबल’ लेखिएको १० केजीका बट्टामा रहेको काजु ४ बट्टा ९९४० केजी, नेपाली नगद २ लाख, भारतीय नगद २५ हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।
कुमारलाई विष्फोटक पदार्थ सम्बन्धी कसूर र राजस्व छली सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकालीमा पठाइएको प्रहरीले जानकारी दिएको छ।





About Us
प्रतिक्रिया