काठमाडौं – बाँकेको जानकी गाउँपालिका–१ साईगाउँबाट करिब १ लाख रुपैयाँ बराबरको पटका सहित ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बहाराईच रूपैडिया बस्ने २५ वर्षीय तशवर अली, ३२ वर्षीय मोहम्मद हसिन र ३० वर्षीय युनुस राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ २ वटा साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पटका सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया