आँखुखोला जलविधुत कम्पनीले गर्यो लेखापरीक्षक नियुक्त


काठमाडौं – आँखुखोला जलविधुत कम्पनीले आर्थिक वर्ष २०८१/०८१ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्त गरेको छ ।

कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार चार्टडएकाउन्टेन सुसिल अधिकारीलाई लेखापरीक्षणमा नियुक्त गरेको हो ।

अधिकारीलाई ३ लाख रुपैयाँ पारिश्रमिक पाउने गरी सो कामका लागि नियुक्त गरेको कम्पनीले जनाएको छ ।