काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बयरवनस्थित प्रभु बैंक लिमिटेडको एटिएम मेसिन तोडफोड गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बराहक्षेत्र–१ खारखोला निवासी २७ वर्षीय संजिव राई रहेका छन् ।
प्रहरीका अनुसार हिजो अपरान्हमा राईले बैंकको एटिएम मेसिन तोडफोड गर्दै गरेको जानकारी पाएपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका राईमाथि प्रारम्भिक सोधपुछपछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया