काठमाडौं – प्रहरीले जुवा तास खेलिरहेको अवस्थाका विभिन्न स्थानबाट १६ जना जुवाडे लाई पक्राउ गरेको छ । कञ्चनपुरको बेदकोट नगरपालिका– ९ कोल्डस्टोरस्थित कटेजमा जुवा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका– १० बस्ने ७० वर्षीय बिक्रम रावत समेत ९ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६९ हजार ९ सय ३५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । त्यस्तै, सर्लाहीको मलंगवा नगरपालिका– ८ बस्ने ४५ वर्षीय प्रमोद जैसवालको घरमा जुवा तास खेलिरहेको अवस्थामा प्रमोद समेत ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ५ सय ३० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया