पप्पु कन्स्ट्रक्सनसहित दुई दर्जन ठेकेदार कम्पनी कालोसूचीमा 

पप्पु कन्स्ट्रक्सनसहित दुई दर्जन ठेकेदार कम्पनी कालोसूचीमा 


बैकिङ्ग समाचार,काठमाडौं । 

सरकारले पप्पु कन्स्ट्रक्सनसहित दुई दर्जन निर्माण तथा आपूर्तिकर्ता व्यवसायीलाई कालोसूचीमा राखेको छ ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूची सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

विभिन्न सार्वजनिक निकायबाट लेखि आए अनुसार उनीहरुलाई कालोसूचीमा राख्ने निर्णय भएको कार्यालयले जनाएको छ । 

कालोसूचीमा परेका ठेकेदार कम्पनीहरुलाई एक देखि डेढ वर्षसम्म कुनै पनि निर्माण तथा ठेक्कामा सहभागी हुन रोक लगाइएको छ । पप्पु÷कोशी एण्ड न्यौपानेलाई सडक डिभिजन हर्कपुर ओखलढुंगाको सिफारिसमा डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

त्यस्तै पूर्वाधार विकास कार्यालयको सिफारिसमा नतासा निर्माण सेवा भरतपुरलाई एक वर्ष कालोसूचीमा राखिएको छ ।