बैकिङ्ग समाचार,काठमाडौं ।
नेपाल उद्योग परिसंघ नेपालले नेपाल निर्माण व्यवसायी महासंघको छिटो सम्बोधन गर्न सरकारसमक्ष अनुरोध गरेको छ ।
उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका चुनौतीहरुको सामना निजी क्षेत्रले गरिरहेको छ ।
विद्यमान चुनौतीपूर्ण अवस्थामा निर्माण व्यवसायीहरुले निर्माण कार्य सम्पन्न गरेको भुक्तानी नपाउँदा त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा समेत परेकोतर्फ परिसंघले ध्यानाकर्षण गराउन चाहेको बताएको छ ।
प्रतिक्रिया