सिराहाबाट स्रोत नखुलेको ८ लाखसहित एक जना पक्राउ


काठमाडौं – सिराहाको  सिरहा नगरपालिका–२० लकडिगदियानीबाट स्रोत नखुलेको नगद ८ लाख २५ हजार रूपैयाँ सहित कल्याणपुर नगरपालिका– १ बनिनिया बस्ने ३० वर्षीय राशिन्द्र मण्डललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी लकडिगदियानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०२–०१–००३ प २१०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक राशिन्द्रलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ  ।