थप तीन ब्रोकर कम्पनीलाई नेप्सेले दियो सदस्यता

थप तीन ब्रोकर कम्पनीलाई नेप्सेले दियो सदस्यता


बैकिङ्ग समाचार,काठमाडौं । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तीन कम्पनीलाई पनि सदस्यता प्रदान गरेको छ ।

सदस्यताका लागि आशयपत्र प्राप्त गरेका बाँकी तीन कम्पनीलाई साउन १९ गते सदस्यता दिएको हो ।

मेगा स्टक मार्केट लिमिटेडलाई ७५ नम्बरको, माछापुच्छ्रे सेक्युरिटिजलाई ७६ नम्बरको र नबिल सेक्युरिटिजलाई ७७ नम्बरको सदस्यता प्रदान गरिएको जानकारी नेप्सेका सहायक प्रबन्धक गिरिराज दाहालले जानकारी दिएका हुन् । 

नेप्सेले तीन चरणमा १७ ब्रोकर कम्पनीलाई सदस्यता प्रदान गरेको हो । पहिलो चरणमा असार २१ गते सात ब्रोकर कम्पनीहरूलाई र दोस्रो चरणमा पनि साउन १२ गते सात ब्रोकर कम्पनीलाई सदस्यता प्रदान गरेको थियो । यी तीन कम्पनीहरूले पनि साउन १२ गते सदस्यता पाउने सात कम्पनीहरूसँगै सदस्यताका लागि आवेदन दिएका थिए । 

मेगा स्टक मार्केटले दोस्रो तहको पूर्ण कार्य गर्नेछ भने माछापुच्छ्रे सेक्युरिटिजले पहिलो तहको सिमित कार्य गर्नेछ । नबिल सेक्युरिटिजले भने तेस्रो तहको धितोपत्र व्यापारीको कार्य गर्ने जानकारी समेत दाहालले दिएका छन् ।