चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका लेखा अधिकृत १ लाख घुस रकमसहित पक्राउ


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौंमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहाललाई  १ लाख २० हजार घुस रकमसहित पक्राउ गरेको छ । 

दाहालले विभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरूलाई भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुस रकम लिई कार्यकक्षमा लुकाई राखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारबाट खटिई गएको टोलीले दाहाललाई घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको हो । 

एक लाख बीस हजार रकम मोबाइल डिभाइस थान १ थान  र अन्य सम्बन्धित कागजातहरू सहित उनकै कार्यकक्षबाट उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।