काठमाडौं – सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दालाई बाँडफाँड गरेको शेयरको लक इन अवधि समाप्त हुने जनाएको छ।
कम्पनीले २०७९ साल कार्त्तिक २९ गते बाँडफाँट गरेको १० प्रतिशत अर्थात् ३६ लाख ५० हजार कित्ता साधारण शेयरको तीन वर्षे लक इन अवधि आउँदो कार्त्तिक २८ गते पश्चात् समाप्त हुने भएको हो।
लक इन अवधि सकिएपछि आयोजनाबाट प्रभावित रसुवाका स्थानीय बासिन्दाले सो शेयर दोस्रो बजारमा कारोबार गर्न सक्नेछन्।





About Us
प्रतिक्रिया