२५ करोडको मार्जिन कर्जाको सीमाको हाउगुजीः शेयर बजार बढ्ने लगानीकर्ताको अपेक्षामा लाग्यो ब्रेक


काठमाडौं – शेयर धितो कर्जा (मार्जिन)मा लगाइएको नियामकीय व्यवस्थाले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालमा सबैभन्दा ठुलो अपजसको भारी बोक्नुपरेको थियो । अधिकारीले खेपेको अपजसबाट मुक्त भएर शेयर बजार बढाएर लोकप्रियता बटुल्ने अर्थमन्त्री रामेश्वर खनाल र गभर्नर विश्वनाथ पौडेलको चाहनामा तुषरापात भएको छ । 

शेयर बजारमा आफ्नो निजी लगानी उल्लेख्य लगानी बनाएका (सार्वजनिक सम्पत्ति विवरणका आधारमा) गभर्नर विश्वनाथ पौडेलले पनि प्रतिवेदनको सिफारिसलाई सोझै सदर गरिदिए । लगानीकर्ताका संघसंगठनहरूले आफ्नो माग पूरा भएकाले उत्साहित समेत रहेको दाबी गरेका थिए । 

शेयर धितो कर्जामा एकल ग्राहक कर्जाको २५ करोडको सीमा खारेजीपछि पनि बजार परिसूचकमा तीव्र ओरालो लाग्न थालेको छ । केन्द्रीय बैंकले मार्जिन कर्जाको सीमा हटाउने निर्णय कार्यान्वयनमा लगेको पहिलो शेयर कारोबारमा नेप्से परिसूचकमा खासै सुधार देखिएन ।

पहिलो तीन मिनेटमा १०४ अंकले बढेर २० मिनेटलाई बढेको नेप्से बजार खुले लगत्तै कमजोर देखिन थाल्यो । गत साता बिहीबार २२.५९ अंकले मात्रै बढेको थियो भने कारोबार पनि पाँच अर्ब १७ करोड रूपैयाँमा सीमित बन्यो । आइतबार त बजारमा फराकिलो अंकको पहिरो नै गयो । आइतबार साताको पहिलो कारोबारको दिन मै ७८.८३ अंकले बजार ओरालो लागेर परिसूचक २६ सयबाट झरेर २५ सयमा पुगेको छ । 

शेयर लगानीकर्तामा मनोवैज्ञानिक दबाब परेको गुनासो बढेपछि तत्कालीन गभर्नर अधिकारीले यो सीमालाई १२ करोड रुपैयाँबाट १५ करोड हुँदै २५ करोड रुपैयाँसम्म तन्काउनुपरेको थियो । अधिकारीको अलोकप्रिय व्यवस्थालाई उल्टाउन अर्थमन्त्री रामेश्वर खनालले पाँच दिने कार्यदलमार्फत २५ करोडको सीमा खारेजीको सिफारिससहितको प्रतिवेदन बुझे । शेयर बजारमा आफ्नो निजी लगानी उल्लेख्य लगानी बनाएका (सार्वजनिक सम्पत्ति विवरणका आधारमा) गभर्नर विश्वनाथ पौडेलले पनि प्रतिवेदनको सिफारिसलाई सोझै सदर गरिदिए । लगानीकर्ताका संघसंगठनहरूले आफ्नो माग पूरा भएकाले उत्साहित समेत रहेको दाबी गरेका थिए । 

पुँजी बजारको समग्र विकासका र सुधारका लागि लगानीकर्ताहरूको मागलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले शेयर लगानीकर्ताहरूको लामो समयदेखिको माग पूरा गरेका थिए । यही असोज २२ गते एक सर्कुलर नै जारी गरेर गभर्नर पौडेलले शेयर लगानीकर्ताले लामो समयदेखि राख्दै आएको शेयर कर्जाको सीमालाई हटाएका थिए । एक बैंक तथा संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल २५ करोड कायम गरिएकोमा गभर्नर पौडेलले लगानीकर्ताको मागलाई सम्बोधन गर्दै यो व्यवस्था खारेज गरेका थिए । 

पूर्व गभर्नर अधिकारीले लगाएको ४ र १२ करोडको सीमा पछि परिमार्जन गर्दै १५ करोडदेखि २५ करोडको शेयर धितोको कर्जा तोकेपछि बजारले त्यसलाई अस्वीकार गरेको थियो । यसलाई लगानीकर्ताको पहुँचलाई सहज बनाउन र विश्वस्त तथा लगानीकर्तामैत्री वातावरण निर्माण गर्न भन्दै शेयर धितो कर्जा पूर्ण रूपमा खारेज गर्न लगानीकर्ताहरूले राष्ट्र बैंकलाई सुझाव दिएका थिए । सोही सुझावलाई गभर्नर पौडेलले शेयर धितो कर्जाको सीमा हटाउँदै लगानीमैत्री वातावरण बनाउन विशेष कदम चालेका छन् । 

के भन्छन् लगानीकर्ता ?

नियामकीय व्यवस्था खुकुलो पार्दा तत्काल बजारले लय नसमाए पनि नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे शेयर बजार अब बढ्नु पर्ने बताउँछन् । यसअघि देशमा आएको राजनीतिक परिवर्तनका कारणले गर्दा बजार थोरै घटबढ भएको बताउँछन् । असोज मसान्तको प्रभावले गर्दा केही लगानीकर्ताले शेयर बेच्ने दबाबले गर्दा थोरै अंक बढ्यो, केही दिन थोरै अंकले बढे पनि मसान्तको दबाब सकिएपछि बजारले गति लिने बताए । शेयर धितो कर्जाको सीमा हटाएर मात्रै बजार नबढ्ने भएकाले बजारलाई प्रतिस्पर्धी र सुशासनयुक्त बनाउन राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेप्से जस्ता निकाय अझ धेरै काम गर्नुपर्ने समेत उनको भनाइ छ । 

उनले भने, ‘लगानीकर्ताहरू अहिले पर्ख र हेर भन्ने अवस्थामा छन् लगातार घटेको बजारमा एक दिन बजार बढ्दैमा कारोबार रकम बढ्छ भन्ने हुँदैन । बजारले केही दिन गति लिन थालेपछि लगानीकर्ताहरूले बैंकमा भएका पैसा आफूसँग भएको पैसा शेयरमा लगानी गर्छन्, जसअनुसार सूचकसँगै कारोबार रकम समेत बढ्छ ।’ साथै, अब पैसा हुने लगानीकर्ताहरूले शेयर बजारमा ढुक्कले लगानी गर्दा हुने उनको बुझाइ छ । 

नेपालको पुँजी बजार विकास र विस्तारको लागि नयाँ स्टक एक्सचेन्ज आउनु पर्ने लगानीकर्ताको माग रहेको समेत फुल्लेलले बताए । र अन्त्यमा शेयर बजारले चाहेको विषयवस्तु आएको छ । राष्ट्र बैंकले लगानीकर्ताको मर्म र समग्र बजारको अवस्था बुझेर नीतिलाई सुधार गरेको भन्दै राष्ट्र बैंकको नीति प्रशंसनीय रहेको फुल्लेलले बताए । 

यता शेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलसमेत राष्ट्र बैंकले २५ करोडको शेयर धितो कर्जाको सीमा हटाइदिँदा अब बजारमा आउने र शेयर बजारमा आबद्ध साना तथा ठुला लगानीकर्ताहरूका सहज पुग्ने बताउँछन् । ‘अहिले नीतिगत सुधारहरू भइरहेका छन् । नीतिगत सुधारका कारणले गर्दा बजारमा असर हुनु हुँदैन,’ फुल्लेलले भने । राष्ट्र बैंकले गरेको शेयर बजारसँग सम्बन्धीको यो निर्णयले बजारलाई राम्रो गर्ने उनको भनाइ छ । शेयर बजारसँग सम्बन्धी कार्यदलले दिएका सुझावहरूलाई तत्काल कार्यान्वयन गर्नुपर्ने बाँकी काम रहेको र अन्य निकायहरूले सुझाव कार्यान्वयनमा लैजान बाँकी रहेको फुल्ललले बताए । 

नेपालको पुँजी बजार विकास र विस्तारको लागि नयाँ स्टक एक्सचेन्ज आउनु पर्ने लगानीकर्ताको माग रहेको समेत फुल्लेलले बताए । र अन्त्यमा शेयर बजारले चाहेको विषयवस्तु आएको छ । राष्ट्र बैंकले लगानीकर्ताको मर्म र समग्र बजारको अवस्था बुझेर नीतिलाई सुधार गरेको भन्दै राष्ट्र बैंकको नीति प्रशंसनीय रहेको फुल्लेलले बताए । 

यसैबिच, नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार समेत २५ करोडको सीमा हटेपछि बजार बिस्तारै उकालो लाग्ने बताए । राष्ट्र बैंक, अर्थ मन्त्रालय पुँजी बजार विकासका लागि सकारात्मक भएको उनको भनाइ छ ।