तीन हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – गत शुक्रबारको तुलनामा सुनको मूल्य ३ हजारले बढेको छ भने चाँदीको मूल्य ४० रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार शुक्रबार २ लाख ३५ हजारमा कारोबार भएको एक तोला सुनको मूल्य आज ३ हजारले बढेर २ लाख ३८ हजार कायम भएको छ । सोहि दिन एक तोला चाँदी ३ हजार ८५ मा खरिदबिक्री भएकामा आज ३ हजार १२५ मा किनबेच भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।