काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्लास्थित श्री जय किसान माध्यमिक विद्यालय, धरहरीका प्रधानाध्यापक संजय प्रसादलाई घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारकाअनुसार विद्यालयमा शिक्षक आवश्यकताको विज्ञापन खुलेपछि एक सेवाग्राहीले दरखास्त दिएको थिए।
सो प्रक्रियामा प्रधानाध्यापक संजय प्रसादले शिक्षक नियुक्तिका लागि बिचौलिया अरविन्द प्रकाश साहकानु मार्फत चार लाख पचास हजार घुस मागेको उजुरी प्राप्त भएपछि आयोगको टोली खटिएको थियो। आयोगको टोलीले सेवाग्राहीबाट मागिएको घुस रकम बिचौलिया साहकानुले लिइसकेको अवस्थामा मिति २०८२ असोज २४ गते, पर्सा जिल्लाको वीरगंज महानगरपालिका–१३, अदालत रोडस्थित एक होटलबाट प्रधानाध्यापक संजय प्रसाद र अरविन्द प्रकाश साहकानुलाई उक्त रकमसहित नियन्त्रणमा लिएको हो।
दुवै जनालाई आवश्यक अनुसन्धानका लागि आयोगले नियन्त्रणमा लिएर थप कारबाही अघि बढाइरहेको जनाएको छ।






About Us
प्रतिक्रिया