काठमाडौं – जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुखको ह्वाट्स एप ह्याक भएको छ । कार्यालय प्रमुखको आधिकारिक नम्बर ९८५२०८५५५५ को ह्वाट्स एप खाता ह्याक भएको पाइएको हो ।
उक्त नम्बर प्रयोग गरी अज्ञात व्यक्तिहरूले विभिन्न मानिसहरूलाई सन्देश पठाई पैसा माग्ने तथा अनावश्यक म्यासेज पठाउने गरेको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार सो खाता प्रहरी अधिकारीको आधिकारिक प्रयोगमा रहेको भए पनि अहिले अनधिकृत रूपमा कसैले नियन्त्रणमा लिएर ठगी गर्ने प्रयास गरिरहेको पुष्टि भएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीले यसबारे सूचना जारी गर्दै सो नम्बरबाट आउने कुनै पनि सन्देश, लिंक वा पैसा माग्ने अनुरोधमा विश्वास नगर्न सबैलाई आग्रह गरेको छ। साथै, यस प्रकारका सन्देश प्राप्त भएमा तुरुन्त नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि अनुरोध गरिएको छ।






About Us
प्रतिक्रिया