बैकिङ्ग समाचार,काठमाडौं ।
थापाथली क्याम्पसका विद्यार्थीहरूले इन्जिनियरिङ पढाईको शुल्क मनोमानी ढंगले बढाउन खोजेको भन्दै प्रदर्शन गरेका छन् ।
स्वतन्त्र विद्यार्थी युनियनको पहलमा संयौको संख्यामा रहेका थापाथलीका विद्यार्थीहरूले क्याम्पसबाट माइतीघर मण्डलासम्म र्याली निकाल्दै प्रदर्शन गरेका हुन् ।
सरकारले १४० प्रतिशतसम्म शुल्क बढाउन लागेको उनीहरूको आरोप छ । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले ३ लाख ३० हजार रूपैयाँबाट बढाएर ७ लाख ७७ हजार बनाउन खोजेको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।
थापाथली क्याम्पस सानो क्षेत्रमा सञ्चालनमा रहेको भन्दै इन्जिनियरिङ क्याम्पसलाई अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्ने माग पनि उनीहरूको छ ।
प्रतिक्रिया