सुन तस्करीमाथिको छानबिनमा उच्चस्तरीय समिति आवश्यक नरहेको सञ्चारमन्त्री रेखा शर्माको भनाई 

सुन तस्करीमाथिको छानबिनमा उच्चस्तरीय समिति आवश्यक नरहेको सञ्चारमन्त्री रेखा शर्माको भनाई 


बैकिङ्ग समाचार,काठमाडौं । 

सुन तस्करीमाथिको छानबिन सरकारले गरिरहेकाले उच्चस्तरीय समिति आवश्यक नरहेको सरकारकी प्रवक्ता एंव सञ्चारमन्त्री रेखा शर्माले बताएकी छन्  ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले राजस्व अनुसन्धान विभागबाट छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक नभएको बताएकी हुन्  ।

वर्तमान सरकार अनियमिता, भ्रष्टाचार, बेथिती, तस्करी नियन्त्रणका दृढतापूर्वक अगाडि बढिरहेको उल्लेख गर्दै सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माले विभागले गरेको अनुसन्धानमा आशङ्का नगर्न आग्रह गरेकी छन् ।

विभागले यही साउन ३ गते विमानस्थल भन्सारबाट बाहिरिएको अवस्थामा झण्डै एक सय किलो सुन बरामद गरेको थियो । विभागले सो प्रकरणमा संलग्न भएको आशङ्कामा १८ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।