बाढीले क्षतिग्रस्त विद्युत आयोजनालाई पुनर्निर्माण अवधिभर पुनरकर्जा दिन राष्ट्र बैंक सहमत

बाढीले क्षतिग्रस्त विद्युत आयोजनालाई पुनर्निर्माण अवधिभर पुनरकर्जा दिन राष्ट्र बैंक सहमत


बैकिङ्ग समाचार,काठमाडौं । 

बाढीले क्षतिग्रस्त विद्युत आयोजनालाई पुनर्निर्माण अवधिभर पुनरकर्जा दिन नेपाल राष्ट्र बैंक सहमत भएको छ । राष्ट्र बैंक, बैंकर एसोसिएसन र इप्पानबीच  भएको त्रिपक्षिय छलफलमा यस्तो सहमति भएको हो । 

छलफलमा बाढीले क्षतिग्रस्त विद्युत आयोजनालाई पुनर्निर्माण अवधिभर पुनरकर्जा दिन,ब्याज पुँजीकरण गर्न र कर्जा पुनर्संरचना गर्न राष्ट्र बैंक सहमत भएको छ ।

इप्पानका अध्यक्ष गणेश कार्कीले बाढीले क्षतिग्रस्त आयोजनालाई रिफाइनान्सको सुविधा दिन, ब्याज पुँजीकरण र कर्जा पुनर्संरचना गरिदिन राष्ट्र बैंकलाई अनुरोध गरेका थिए । 

छलफलमा राष्ट्र बैंकका डेपुटी गभर्नरहरु बमबहादुर मिश्र र निलम ढुंगाना, प्रवक्ता गुणाकर भट्टलगायतका अधिकारी सहभागी थिए । 

इप्पानका तर्फबाट अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, महासचिव बलराम खतिवडा र सदस्य कुवेरमणी नेपाल सहभागी थिए। बैंकर एसोसिएसनका तर्फबाट अध्यक्ष सुनिल केसी, पूर्वअध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानालगायत सहभागी थिए ।