सुन तस्करी प्रकणमा माथिल्लो तहको संलग्नता हुने गरेको शेखर कोइरालाको दाबी

सुन तस्करी प्रकणमा माथिल्लो तहको संलग्नता हुने गरेको शेखर कोइरालाको दाबी


बैकिङ्ग समाचार,काठमाडौं । 

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशमा एकपछि अर्को काण्ड भइरहँदा त्यसमा माथिल्लो तहको संलग्नता हुने गरेको दाबी गरेका छन् ।

काठमाडौंमा बिहीबार नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले यस्तो दाबी गरेका हुन् । 

उनले यस्ता घटनाहरु बाहिर आउने बित्तिकै दलका शीर्ष नेताहरु बैठक बसिहाल्नु अर्थ के हो भनेर प्रश्न पनि गरेका छन् ।

क्विन्टल सुन तस्करी प्रकणतिर संकेत गर्दै नेता भ्रष्टाचारको अन्त्य भए मात्र देश सुशासनको बाटोमा अघि बढ्ने कोइरालाले बताए ।
यस्तै,नेकपा एमालेले संसद् अवरुद्ध पार्दा देशलाई क्षति भइरहेको उनको भनाई छ ।