२५ करोडको सिमा हटेपछि शेयर बजारमा उछाल, कारोबार खुल्नसाथ १०२ अंक बढेर बन्द


काठमाडौं । दसैंको विदायताको कारोबार दिनमा१०१ अंकभन्दा बढीले घटेको शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सकरात्मक सर्किट लागेको छ । नेपाल राष्ट्र बैंकले बुधबार एक सर्कुलर जारी गर्दै शेयर बजारमा लागिरहेको २५ करोडको ऋणको सिमा हटाएपछि सकरात्मक सर्किट लागेको हो ।

यसबाहेक, नेपाल राष्ट्र बैंकले बैंकहरुले शेयर कारोबार गर्ने समयावधिमा समेत लचिलोपन लिएको छ । यहीकारण, आज विहीबार कारोबार खुल्नसाथ ४ प्रतिशतले बढेर बजार बन्द भएको हो । यो समाचार तयार पार्दासम्म १०२ अंकले बढेर नेप्से परिसूचक २० मिनेटका लागि रोकिएको छ ।

यससँगै नेप्से परिसूचक २६ सय ६२ अंकको बिन्दुमा पुगेको छ । यसअवधिसम्म २७ करोड रुपैयाँभन्दा बढीको कारोबार भइसकेको छ ।