व्यापारीहरुलाई पुरानै मूल्यमा चामल बेच्न विभागको निर्देशन ,चामलमा महँगो मूल्य तिर्नुपरे विभागमा खबर गर्न आग्रह 

व्यापारीहरुलाई पुरानै मूल्यमा चामल बेच्न विभागको निर्देशन ,चामलमा महँगो मूल्य तिर्नुपरे विभागमा खबर गर्न आग्रह 


बैकिङ्ग समाचार ,काठमाडौं ।

सरकारले व्यापारीहरुलाई पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको छ । उद्योग वाणिज्य महासंघका वाणिज्य क्षेत्र पदाधिकारीसँगको छलफलपछि उक्त विज्ञप्ति जारी गर्दै विभागले निर्देशन यस्तो दिएको हो । 

भारतले अघिल्लो हप्ताको बिहीबार बासमतिबाहेकका चामलको निर्यातमा प्रतिवन्ध लगाउने घोषणा गरेसँगै नेपाली व्यापारीहरुले चामलको मूल्य प्रतिबोरामै ३ सयदेखि ५ सय रुपैयाँसम्मले बढाएका छन् । यस्तो गुनासो आउन थालेपछि विभागले सबै चामल व्यापारीहरुलाई विज्ञप्ति जारी गर्दै पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतको निर्यात प्रतिबन्धअघि भित्रिएको चामलमा प्रतिबन्ध नलगाउन पनि अनुरोध गरेको छ । 

‘नेपालमा रहेको चामल बेचविखनका लागि बजार पठाउँदा साविककै मूल्यमा बेचविखन गर्न गराउन हुन अनुरोध गरिन्छ,’ निर्देशनमा भनिएको छ, ‘यदि प्रचलित कानुनबमोजिम मूल्यवृद्धि गरिएको पाईएमा कानुनबमोजिम नै कारबाही हुनेछ ।’