सुनसरीबाट ७ जना जुवाडे पक्राउ


काठमाडौं –  सुनसरीमा जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित गोदाम घरमा जुवा तास खेलिरहेको अवस्थामा भोक्राहा नरसिंह गाउँपालिका–१ बस्ने ५२ वर्षीय रमानन्द महतो समेत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार ५ सय ९० रुपैयाँ र १६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको  छ ।