काठमाडौं – दसैं बिदा पछि खुलेको शेयर बजार पहिलो पहिलो कारोबारको दिन मै भारी अंकले घटेर बन्द भएको छ । आज मंगलबार शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज ०नेप्से० परिसूचक ५८।५५ अंकले घटेर बजार २६ सय ४ दशमलव ९६ को बिन्दुमा कायम भएको छ ।
शेयर बजार घटेसँगै आज ४ अर्ब ६२ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीले २८ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल रिइन्स्योरेन्सको कम्पनीको १९ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सेन्चुरी डिभेन्चर २०८८ का लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताहरूले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले आज ९.९९ प्रतिशतका दरले गुमाएका हुन् ।






About Us
प्रतिक्रिया