सुमेरु पोलिमर्सले गर्यो आईपीओ निष्काशन गर्ने तयारी


काठमाडौं – सुमेरु पोलिमर्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले कुल ६ लाख ४८ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

यस सम्बन्धमा गत असोज १२ गते काठमाडौंको नक्सालस्थित सिद्धार्थ क्यापिटलको कार्यालयमा दुबै पक्षबीच औपचारिक सम्झौता सम्पन्न भएको छ।

कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको हो।