जोगमाई खोला साना र जोगमाई क्यासकेड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पूर्ण रूपमा बन्द 


काठमाडौं – असोज १८ गतेको अविरल वर्षाका कारण आएको बाढीले जोगमाई खोला साना जलविद्युत आयोजना र जोगमाई क्यासकेड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ ।  

असोज १९ गते बिहान करिब २,३ बजेको समयमा अनपेक्षित रूपमा आएको पहिरो र बाढीले यी २ आयोजनामा असर पुर्याएकाे हाे ।

जोगमाई खोला साना जलविद्युत आयोजनाको ७.६ मेगावाट र जोगमाई क्यासकेड जलविद्युत आयोजनाको ५.२ मेगावाट जल विद्युतको भौतिक संचरनाहरुमा ठुलो मात्रामा क्षति हुन पुगेको छ । हालका लागि यी २ आयोजनाबाट विद्युत उत्पादन कार्य पूर्ण रूपमा बन्द गरिएको छ ।