बैंकिङ कसुर र ठगी मुद्दाका प्रतिवादी पक्राउ

बैंकिङ कसुर र ठगी मुद्दाका प्रतिवादी पक्राउ


बैकिङ्ग समाचार,काठमाडौं

बैंकिङ कसुर र ठगी मुद्दाका प्रतिवादीलाई पक्राउ परेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रतिवादीलाई पक्राउ  गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका–३ दुवाकोट बस्ने २५ वर्षीय दिनेश सापकोटा रहेका छन् । 

बैंकिङ कसुर र ठगीसम्बन्धी कसूर मुद्दामा भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमती प्राप्त भएका उनलाई दुवाकोटबाट पक्राउ गरिएको हो । पक्राउ परेका सापकोटालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।