डिजिटल करेन्सीलाई २०२६ सम्ममा मान्यता दिनेगरी काम भइरहेको छ गभर्नर अधिकारीको भनाई 

डिजिटल करेन्सीलाई २०२६ सम्ममा मान्यता दिनेगरी काम भइरहेको छ गभर्नर अधिकारीको भनाई 


बैकिङ्ग समाचार,काठमाडौं । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले डिजिटल करेन्सीलाई सन् २०२६ सम्ममा मान्यता दिनेगरी योजना बनाएर काम गरिरहेको बताएका छन् ।

सोमवार सर्वाङ्गीण विकास अध्ययन संस्था (आईआईडीएस) ले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन्  ।

उनले सूचना प्रविधिको विकास र विश्व अर्थतन्त्रमा सूचना प्रविधिले सिर्जना गरेको लाभसँग नेपाल जोडिनसके ठूलो लाभ लिनसक्ने सम्भावना रहेको उनले बताए । नेपालमा फिनटेक कम्पनी, अनलाइन व्यापार, कमर्सियल अनलाइन भुक्तानी र अनलाइन रेमिट्यान्स लगायतमा अनलाइन सेवा बिस्तार भइरहेको बताए ।

योसँगै सूचना प्रविधि नेपालमा विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र हुनसक्ने गभर्नर अधिकारीले जानकारी दिएका छन् ।