काठमाडौं – हालैको लगातार वर्षाका कारण बिपी राजमार्गअन्तर्गत चौकी डाँडा–बर्खे खोलासम्मको खण्डमा बाढी र पहिरोले सडकका विभिन्न भाग बगाएपछि वैकल्पिक मार्ग (डाइभर्सन) निर्माण तथा मर्मत कार्य तीव्र रूपमा अघि बढाइएको छ । बर्खे खोलादेखि धुलिखेलसम्मको करिब ५ हजार २ सय ४० मिटर लम्बाइको सडक खण्डमा दोस्रो चरणअन्तर्गत डाइभर्सन मर्मत कार्य भइरहेको छ । तीमध्ये करिब ४ हजार ८ मिटर सडक बाढी र पहिरोले बगाएको अनुमान गरिएको छ ।
प्रमुख प्रभावित स्थानहरूमा माम्टी खोला, माथिल्लो माम्टी, पिप्ले, डालाबेसी, कालढुंगा (ब्याखुरे खोला), बोक्सी कुना, च्युरीबास झाङ, नरके, गिमातीबेसी, चारसया बेसी, कटुन्जे बेसी, चौकी डाँडा र दप्चा पुल न. १ छन् । माम्टी खोलामा ६२० मिटर लामो सडकमध्ये ४०० मिटर भाग बगाएको छ भने माथिल्लो माम्टीमा २३५ मिटर डाइभर्सन सडकमा २५५ मिटर भाग क्षति पुगेको छ । सुख्खा पहिरो पिप्ले, डालाबेसी, चारसवा बेसी र कटुन्जे बेसी क्षेत्रमा पनि ठुला पहिरोका कारण सडक पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
ब्याखुरे खोलास्थित कालढुंगा र दप्चा पुल न. १ क्षेत्रमा नयाँ सडक काट्ने २० मिटरको काम सुरु गरिएको छ । सडक डिभिजन कार्यालयका अनुसार नदी किनार नजिक रहेका खण्डहरूमा डाइभर्सन निर्माण र मर्मत कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ । बाढीले सडकका आधार संरचना, पर्खाल र सडक किनारका भाग बगाएपछि यातायात सञ्चालनमा कठिनाइ भएको छ ।
तत्काल वैकल्पिक मार्गमार्फत आवागमन सहज बनाउने र दीर्घकालीन रूपमा स्थायी मर्मत तथा पुनर्निर्माण योजना अघि बढाउने तयारी भइरहेको छ । कुल ५२४० मिटर डाइभर्सन मर्मत कार्यमध्ये ४००८ मिटर सडक बगाएको अवस्थामा सम्बन्धित निकायले मर्मत र पुनः स्थापनाको कामलाई तीव्रता दिएको जनाएको छ ।
| क्र.सं. | स्थान /चेनेज | दोस्रो चरण डाइभर्सन मर्मत लम्बाइ (नदी किनारसँगै) | अनुमानित बगाएको सडक लम्बाइ | कैफियत |
| १. | माम्टी खोला | ६२० मि. | ४०० मि. | |
| २. | माथिल्लो माम्टी | २३५ मि. | २५५ मि. | नयाँ सडक काट्ने २० मि. |
| ३. | पिप्ले सिरान | ८१ मि. | ||
| ४. | तल्लो पिप्ले | २३५ मि. | २२० मि. | |
| ५. | माथिल्लो पिप्ले | २२० मि. | २२० मि. | |
| ६. | सुख्खा पहिरो पिप्ले | ३६२ मि. | ३६२ मि. | |
| ७. | डालाबेसी | ८४१ मि. | ८४१ मि. | |
| ८. | कालढुंगा (ब्याखुरे खोला) | २५ मि. | नयाँ सडक काट्ने २० मि. | |
| ९. | कालढुंगा (ब्याखुरे खोला) | २१८ मि. | ६० मि. | |
| १०. | बोक्सी कुना | २४२ मि. | २०० मि. | |
| ११. | च्युरीबास झाङ | २३४ मि. | २०० मि. | |
| १२. | नरके | १५० मि. | ५० मि. | |
| १३. | गिमातीबेसी | ५२७ मि. | १०० मि. | |
| १४. | चारसवा बेसी | ४०० मि. | ३०० मि. | |
| १५. | चारसपा बेसी | ८० मि. | ८० मि. | |
| १६. | कटुन्जे बेसी | ४०० मि. | ३०० मि. | |
| १७. | चौकीडाँडा | ३७५ मि. | ३७५ मि. | |
| १८. | दाप्चा पुल नं. १ | २० मि. | २० मि. | नयाँ सडक काट्ने २० मि. |
| कुल | ५२४० मि. | ४००८ मि. |
स्राेतः सडक विभाग



About Us
प्रतिक्रिया