प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायी आन्दोलित 

प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायी आन्दोलित 


बैकिङ्ग समाचार,काठमाडौं । 

निर्माण व्यवसायीले प्रधानमन्त्री निवास अगाडि आन्दोलन उत्रिएका छन् ।

आर्थिक वर्ष ०७९÷०८० मा सम्पन्न भएका परियोजनाहरूको भुक्तानी अहिलेसम्म नपाएको बिरोधमा निर्माण व्यवसायीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि आन्दोलनमा उत्रिएका हुन् ।

विभिन्न माग लेखिएका प्लेकार्डसहित सेफ्टी हेल्मेट लगाएर उनीहरुले प्रदर्शन गरेका हुन् ।

आर्थिक वर्ष सकिए पनि भुक्तानी हुनुपर्ने रकम अहिलेसम्म नपाउँदा कामदारहरुलाई समेत पैसा दिन सक्ने अवस्था नबनेको उनीहरुको भनाई छ । व्यवसायीहरुले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित आन्दोलन गर्दै आएका छन् । 

लामो समयदेखिको बाँकी बिलको रकम तुरून्त भुक्तानी गर्, निर्माण कार्यको म्याद थप गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर्, माइलस्टोनको व्यवस्था तुरून्त खारेज गर्, मूल्य समायोजन तुरून्त कार्यान्वयन गर् लगायतका नारा लेखिएका प्लेकार्ड उनीहरुले प्रदर्शन गरेका थिए ।

यसअघि हिजो निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालय ताहचलमा धर्ना दिएको थियो ।