नयाँ आर्थिक वर्षको १५ दिनमा २१ अर्ब २८ करोड उठ्यो राजस्व 

नयाँ आर्थिक वर्षको १५ दिनमा २१ अर्ब २८ करोड उठ्यो राजस्व 


बैंकिङ्ग समाचार, काठमाडौं ।

आर्थिक वर्ष २०८०/८१ को सुरुको १५ दिनमा २१ अर्ब २८ करोड ७८ लाख रुपैयाँ राजस्व सकंलन भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार, गैर राजश्व, भन्सार शुल्क गरी साउन १५ गतेसम्ममा कूल २१ अर्ब २८ करोड ७८ लाख रुपैयाँ बराबरको राजस्व सकंलन भएको हो ।

यस अवधिमा राजस्वतर्फ १७ अर्ब ४० करोड ५० लाख रुपैयाँ (लक्ष्यको १.२२ प्रतिशत) उठेको छ भने अन्य स्रोतमार्फत ३ अर्ब ८८ करोड २८ लाख रुपैयाँ सकंलन भएको छ । राजस्वतर्फको दुई शीर्षक भन्सार राजस्व र गैर–राजस्वमार्फत क्रमशः १६ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ र ९४ करोड ८२ लाख रुपैयाँ सकंलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । 

चालु आर्थिक वर्षका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ लाख २१ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको सरकारले खर्च व्यहोर्ने स्रोतमा १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ बराबरको राजस्व सकंलन गर्ने लक्ष्य राखेको छ ।

हालसम्म सकंलित राजस्व कूल लक्षित राजस्वको १.४५ प्रतिशतको उपलब्धि हो ।