काठमाडौं – शुक्रवारबाट लगातार रूपमा परेको वर्षाका कारणले गर्दा इलामका १३ वटा हाइड्रोपावरहरूमा क्षति पुगेको छ । ती आयोजनाबाट उत्पादन हुने १०५.४ मेगावाट बिजुली उत्पादन ठप्प हुन पुगेको ऊर्जा मन्त्रालयले जनाएको हो ।
मन्त्रालयको विवरण अनुसार ४.५ मेगावाटको माइखोला हाइड्रोपावर, ८ मेगावाटको माइखोला क्यासकेड, २२ मेगावाटको माइखोला, जोगमाइखोला, तल्लो जोगमाई माइवेनीलगायतका आयोजना उत्पादन बन्द भएका छन्। त्यस्तै, निर्माणाधीन अवस्थामा रहेका पाँच जलविद्युत् आयोजना मध्ये चारवटाको निर्माण कार्यमा ढिलाइ हुने भएको हो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले पनि वर्षा र बाढीका कारण १०५.४ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजनाको उत्पादन पूर्ण रूपमा बन्द भएको जानकारी दिएको छ। साथै, निर्माणाधीन अवस्थामै रहेका ९३ मेगावाट क्षमताका ५ आयोजनामा पनि बाढीले क्षति पुर्याएको इप्पानले जनाएको छ।
सरकारले यथाशक्य छिटो क्षतिग्रस्त संरचना मर्मत गरी उत्पादन पुनः सुचारु गर्न ऊर्जा तथा जलस्रोत मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, र निजी क्षेत्रसँग समन्वय गरिरहेको जनाएको छ।





About Us
प्रतिक्रिया