बैकिङ्ग समाचार ।
राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष ७६/७७ मा ४ अर्ब ४५ करोड खुद नाफा कमाएको छ ।
आर्थिक वर्ष ७५/७६ मा ५ अर्ब ४ करोड नाफा कमाएको बैंकको नाफा गत आर्थिक वर्षमा ५९ करोडले घटेको हो ।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३ करोड रहेको छ । त्यस्तै बैंकको संचालन मुनाफा ६ अर्ब ४७ करोडबाट घटेर ६ अर्ब ३ करोड पुगेको छ । बैंकको खुद ब्याज आम्दानी १० अर्ब ५८ करोडबाट घटेर ९ अर्ब ९६ करोड पुगेको छ ।
हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४७ लाख रहेको छ भने बैंकको जगेडा कोषमा १३ अर्ब ८ करोड रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ।
यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ४९.४५, खराब कर्जा ४.०८ प्रतिशत, बेस रेट ५.८० प्रतिशत, स्प्रेड दर ४.२६ प्रतिशत र सिसिडि ६२.४८ रहेको छ ।
प्रतिक्रिया