सार्वजनिक बिदामा पनि भुक्तानी जारी राख्न आरटीजीएस प्रणाली सुचारु


काठमाडौं – देशव्यापीरुपमा परेको अविरल वर्षापछि आइपर्ने संकटलाई मध्यनजर गरेर सरकारले सार्वजनिक बिदा दिए पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस प्रणाली) सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकले आज आइतबार र भोली सोमबारसम्म सार्वजनिक बिदा रहेपनि भुक्तानी प्रणाली नरोकिने भएको हो ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै आज र भोलीको भुक्तानी प्रणाली जारी राख्न आरटीजीएस प्रणााली सुचारु रहने जानकारी दिएको हो । जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेदेखि २० गतेसम्म भारीदेखि अति भारी वर्षाको जोखिम प्रक्षेपण गरेको थियो ।

सोहीअनुसार असोज १७ गतेको रातीदेखि देशका विभिन्न ५ प्रदेशमा भारीदेखि उच्च भारी वर्षा हुँदा देशभरका सडक सञ्जाल टुटेको छ । यहीकारण, थप धनजन र मानवीय क्षति घटाउने लक्ष्यसहित सरकारले शनिबारसम्मको सार्वजनिक बिदालाई लम्ब्याएर सोमबारसम्म पुर्‍याएको थियो ।