अझै खुलेनन् यी तीन मूख्य राजमार्ग, कोशी राजमार्गमा दुई ठाउँ पूर्ण अवरोध


काठमाडौं । दसैं सकिन लाग्दा समेत देशका मूख्य ३ राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेका छन् । दसैं अघिको बाढी र पहिरोले क्षती पुगेर अवरुध बनेका राजमार्ग दसैं सकिन लाग्दासमेत अवरुद्ध रहेका हुन् ।

नेपाल प्रहरीको तथ्यांकअनुसार अविरल वर्षका कारण संखुवासभाको भोटेखोला गाउपालिकामा पर्ने कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध छ । यस्तै, संखुवासभाकै मकालु गाउपालिका स्थिती कोशी राजमार्ग समेत पूर्णरुपमा अवरुद्ध छ । यो राजमार्ग समेत वर्षाका कारण बन्द भएको थियो ।

यसबाहेक, हिमताल फुटेर तीब्बततर्फबाट आएको बाढीका कारण अवरुद्ध बनेको रसुवास्थित नेपाल र चीन नाका जोड्ने पुल पूर्णरुपमा बन्द छ ।