काठमाडौं । दसैंको टिका लगत्तै नेपालमा भारी वर्षाको सम्भावना रहेको मौसमविदहरुले अनुमान लगाएका छन् । टिकाको भोलिपल्ट अर्थात असोज १७ गतेदेखि गत वर्षकोजस्तै वितन्डा मच्चाउने वर्षाको जोखिम रहेको मौसमविदहरुले बताएका हुन् ।
भारीदेखि अति भारी वर्षको जोखिम रहेकाले टिकाको भोलिपल्टदेखि सर्तक रहन मौसमविदहरुले अनुरोध समेत गरेका छन् । भारी र अति भारी वर्षा भएमा बाढी, पहिरो, डुबान र कटानको जोखिम रहन्छ ।
मौसमविदहरुले युरोपियन, जर्मन र अमेरिकी मोडलमार्फत वर्षाको सम्भावना पुष्टी गरेका हुन् । असोज १७ गतेदेखि सुरु हुने भारीदेखि अति भारी वर्षाको प्रभाव असोज १८ र १९ सम्मै देखिने जनाइएको छ ।



About Us
प्रतिक्रिया