मिटर ब्याजमा ५लाख ऋण दिएर बलात्कार र घरजग्गा कब्जा गरेको आरोपमा मालीविरुद्ध जाहेरी

मिटर ब्याजमा ५लाख ऋण दिएर बलात्कार र घरजग्गा कब्जा गरेको आरोपमा मालीविरुद्ध जाहेरी


बैंकिङ्ग समाचार,काठमाडौं ।

मिटर ब्याजमा ५ लाख ऋण दिएर जबरजस्ती ६५ लाख रुपैयाँको तमसुक गराएर एक महिलालाई पटक पटक बलात्कार गरेको र घरजग्गा समेत कब्जा गरेको आरोप लागेका सुर्जमान मालीविरुद्ध पीडित पक्षबाट जाहेरी दर्ता भएको छ ।

यही आरोपमा केही शुक्रबार पक्राउ परेका मालीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा पीडितले मानवबेचविखन तथा ओसारपसार ऐन २०६४ अनुसारको कसुर गरेको आरोपमा किटानी जाहेरी दिएको हो ।

पीडितले बलात्कार तथा मानव बेचविखनको आरोपमा धापाखेलका उमेश शाहीविरुद्ध पनि जाहेरी दिएका छन् । २०७५ सालको अन्तिम देखि २०७६ सालसम्म उनी पटक पटक बलात्कारमा परेका पीडित महिलाले जाहेरीमा बताएकी छन् ।

सुरुमा ऋण दिने मालीले बलात्कार गरेको र त्यसपछि उनकै संलग्नतामा अन्यले समेत बलात्कार गरेको महिलाको जाहेरीमा भनिएको छ ।

मालीलाई जिल्ला अदालतमा उपस्थित गराएर हिरासतमा राख्न अनुमति लिने तयारी प्रहरीले गरेको छ ।