गृह मन्त्रालयद्वारा चार जना डिआइजी एआइजीमा बढुवा


काठमाडौँ – गृह मन्त्रालयले नेपाल प्रहरीको रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी० पदमा चार जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई बढुवा गरेको छ ।

गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको सिफारिसमा डिआइजीहरु सुशीलकुमार राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बर कुमार बिकलाई एआइजीमा बढुवा गरिएको हो। बढुवा भएका एआइजीले अब रिक्त रहेको उक्त पदको जिम्मेवारी सम्हाल्नेछन् ।