काठमाडौं – आज साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार दोहारो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.५१ अंकले बढेर बजार २६ सय ६३ दशमलव ५१ को बिन्दुमा कायम भएको छ।
शेयर बजार बढेतापनि कारोबार रकम खम्चिएर २ अर्ब ९३ करोड रुपैयाँ कायम भएको छ । आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीले २४ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल रिइन्स्योरेन्सको कम्पनीको ११ करोड रुपैयाँको हाराहारीमा शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ग्लोबल आइएमई समुन्नत योजना –२ का लगानीकर्ताले कमाएका छन् । आज कम्पनीका लगानीकर्ताहरुले १० प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी, आज सबैभन्दा धेरै सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले गुमाएका हुन् ।





About Us
प्रतिक्रिया