२५ लाखभन्दा बढी ऋण लिनेलाई प्यान अनिवार्य 

२५ लाखभन्दा बढी ऋण लिनेलाई प्यान अनिवार्य 


बैकिङ्ग समाचार,काठमाडौं ।

बैंक तथा वित्तीय संस्थाहरुले छुट्टाछुट्टै वा एकमुष्ट गरी २५ लाख वा सोभन्दा बढी रकमको कर्जा कुनै व्यक्तिलाई प्रवाह गर्नुपरेमा त्यस्तो व्यक्तिले अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले शुक्रबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशिका २०७९ संशोधन÷ परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो ।

यसअघि यस्तो सीमा ५० लाख रहेको थियो ।

 

\"\"