काठमाडौं – यस साता शेयर बजार उच्च अंकले बढेर बन्द भएको छ । यस साता शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज नेप्से समग्रमा १४०.८९ अंक बढको छ । यस साता शेयर बजार उच्च अंकले बढेतापनि कारोबार रकम भने खुम्चिएको छ ।
यस साताभरि भएको ४ कारोबारमा २ दिन बजार बढेको थियो भने २ दिन घटेको थियो । यससँगै कारोबार रकम खुम्चिएर २२ अर्ब रुपैयाँ आसपासमा पुगेको हो । साताभरको शेयर कारोबार विवरणअनुसार आइतबार नेप्से १११.७० अंकले बढेर २६ सय २३ दशमलव ६२ को विन्दुमा बन्द भएको थियो । सोमबार घटस्थापनाको दिन सार्वजनिक बिदा हुँदा बजार बन्द भएको थियो ।
त्यस्तै, मंगलबार समेत बजार ५८.६३ अंकले वृद्धि हुँदै बजार २६ सय ८२ दशमलव २५ को विन्दुमा पुगेर बन्द भएको हो ।त्यसैगरी, बुधबार भने नेप्से २७.८९ अंकले घटेर २६ सय ५४ दशमलव ३५ विन्दुमा कायम भएको थियो । यस्तै, साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार पुनः ओरालो लागेर २.३५ अंकको गिरावट सहित बजार २६ सय ५२ को विन्दुमा बन्द भएको थियो ।
कुन दिन कति भयो कारोबार ?
यो साताभर नेप्सेमा उच्च अंकको वृद्धि आए तापनि कारोबार रकम भने घटेको छ । आइतबार ९ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा मंगलबार कारोबार रकम करिब ४ अर्ब रुपैयाँले घटेर ५ अर्ब २५ करोडमा सिमित भएको थियो ।
त्यस्तै, साताको तेस्रो कारोबार दिन अर्थात् बुधबार कारोबार रकम १ अर्ब रुपैयाँले घटेर ४ अर्ब रुपैयाँको कारोबार भएको छ ।
त्यसैगरी, साताको अन्तिम कारोबारको दिन बिहिबार समेत कारोबर रकम करिब १ अर्ब रुपैयाँले घटेर ३ अर्ब २० करोड रुपैयाँ शेयर कारोबार गरेको थियो ।
यसरी, साताभरको ४ कारोबारको दिन नेप्सेमा १ दिन बाहेक बाँकीका ३ दिन ५ अर्ब भन्दा कमको शेयर कारोबार भएको छ । जुन शेयर बजारका लागि निकै न्यून हो ।



About Us
प्रतिक्रिया