सांसद सुनिल शर्माले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

सांसद सुनिल शर्माले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा


बैकिङ्ग समाचार,काठमाडौं । 

नेपाली कांग्रेसका सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् । 

बुधबार प्रतिनिधिसभामा सांसद सुनिल शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका हुन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्वीन्टल सुन बरामद भएको घटनामा भरियामात्र पक्राउ गरेको र मुख्य दोषी पक्राउ गर्न न सकेको भन्दै उनले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् ।

उनले प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड फर्केपछि आफू यो विषय उठाएर आमरण अनसन बस्ने समेत बताएका छन् ।