काठमाडौं – जिम्मा लिएको काम समयमै पूरा नगर्ने १४ वटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ।
प्रधानमन्त्री कार्यालय मातहतको कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।
जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।
६ महिनादेखि एक वर्षको लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनैपनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।







About Us
प्रतिक्रिया