घुस लिएको आरोप लागेका डीएसपी ठगबहादुर केसी बर्खास्त

घुस लिएको आरोप लागेका डीएसपी ठगबहादुर केसी बर्खास्त


बैकिङ्ग समाचार, काठमाडौं । 

सरकारले इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीलाई बर्खास्त गरेको छ ।

सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेपछि निलम्बनमा परेका केसीलाई मंगलबार बर्खास्त गरिएको हो ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा केसीलाई बर्खास्त गरिएको गृह मन्त्रालयले जनाएको छ । डीएसपी केसीलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव केदारनाथ शर्माले जानकारी दिएका छन् ।

बुटवलमा रहँदा डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद र ९ लाख ५० हजार रुपैयाँको चेक बरामद गरेको थियो ।