अष्ट सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर, ३ करोड ३२ लाख ९५ हजार बढीको माग दाबी

अष्ट सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर, ३ करोड ३२ लाख ९५ हजार बढीको माग दाबी


बैकिङ्ग समाचार,काठमाडौं । 

काठमाडौंमा रहेको अष्ट बचत तथा ऋण सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध ३ करोड ३२ लाख ९५ हजार ५३९ माग दाबीसहित मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध सरकारी वकिलको कार्यालयले मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । 

कार्यालयका अनुसार ६२ जना बचतकर्ताको जाहेरीमा ३ करोड ३२ लाख ९५ हजार ५३९ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको छ ।

मुलुकी संहिता २०७४ को दफा २५४ बमोजिम उक्त मुद्दामा हालसम्म परेका जाहेरीका आधारमा ३ करोड ३२ लाख ९५ हजार ५३९ रुपैयाँ भराई पाऊँ भन्दै मुद्दा दायर भएको कार्यालयले जनाएको छ ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ स्थायी घर भएका अनिल खड्का सहकारीका अध्यक्ष हुन् । उनीसहित १० जनाविरुद्ध सहकारी ठगी मुद्दा दायर भएको हो । खड्का फरार छन् ।

सहकारीका अध्यक्ष खड्काले संस्था आफू अनुकूल चलाउने र आफूलाई सहयोग गर्ने व्यक्तिलाई सञ्चालक समिति बनाउँदा बचतकर्ता ठगिएको पाइएको छ ।