तोकेभन्दा बढी शुल्क लिएपछि मेडिकल कलेजका विद्यार्थी धर्नामा

तोकेभन्दा बढी शुल्क लिएपछि मेडिकल कलेजका विद्यार्थी धर्नामा


बैकिङ्ग समाचार,काठमाडौं । 

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी शुल्क लिएपछि विद्यार्थीले धर्ना सुरु गरेका छन् । कलेजले नियमविपरीत इन्टर्नसिप फी लिएपछि विद्यार्थीले अस्पतालमै धर्ना दिएका हुन् ।

बढी शुल्क फिर्ताको माग गर्दै मेडिकल कलेजको २१ औं ब्याचका विद्यार्थीले आज पनि कलेज अगाडि प्रदर्शन गरेका छन् । 

एमबीबीसीएस पढ्ने विद्यार्थीका लागि सरकारले ३८ लाख ५० हजार रुपैयाँ शुल्क तोकिदिए पनि काठमाडौं मेडिकल कलेजले ४९ लाख रुपैयाँ लिएको विद्यार्थीको भनाई छ ।  त्यसमध्ये ५ लाख रुपैयाँ मात्र फिर्ता दिएको र बाँकी रकम पनि फिर्ता माग्दा कलेज प्रशासनले धम्क्याउने गरेको उनीहरुको गुनासो रहेको छ ।