प्रि–ओपन सेसनमा नेप्से सूचक २.४८ अंकले बढ्यो

प्रि–ओपन सेसनमा नेप्से सूचक २.४८ अंकले बढ्यो


बैंकिङ्ग समाचार,काठमाडौं।

प्रि–ओपन सेसनमा नेप्से सूचक २.४८ अंकले बढेको छ । यससँगै सूचक २२०२.९९ विन्दुमा आएको छ । ४ लाख ५८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २३ कम्पनीको १२ सय ६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २५ पटक कारोबार भएको हो । १५ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य भने घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।