काठमाडौं – मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिने घोषणा गरेको हो ।
हाल यो कम्पनीको चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ रहेको छ । यसैको १५ प्रतिशतले हुन आउने रकम लाभांशको रूपमा बाँड्ने निर्णय भएको हो ।
कम्पनीको हिजो (असोज ७ गते) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा तथा वित्तीय विवरणको आधारमा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीको सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुने कम्पनले जनाएको छ ।



About Us
प्रतिक्रिया