काठमाडौं – युनिलिभर नेपाल लिमिटेडले आफ्नो शेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ७ गते बसेको कम्पनीको १९१औं सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट शेयरधनीलाई प्रतिकित्ता १८४२ रूपैयाँ नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।
साथै, कम्पनीले लाभांश प्रयोजनार्थका लागि कात्तिक ११ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ कात्तिक १० गतेसम्म कायम शेयरधनीले मात्र सो लाभांश प्राप्त गर्न सक्नेछन् । युनिलिभर नेपाल बजारको सबैभन्दा महँगो कम्पनी हो ।



About Us
प्रतिक्रिया