मौद्रिक नीतिप्रति बैंकर्स संघका अध्यक्ष केसीको प्रतिक्रियाः नीतिगत दर घट्दा थोरै भएपनि राहत भयो 

मौद्रिक नीतिप्रति बैंकर्स संघका अध्यक्ष केसीको प्रतिक्रियाः नीतिगत दर घट्दा थोरै भएपनि राहत भयो 


बैंकिङ्ग समाचार, काठमाडौं l 

अहिले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति अत्यन्तै सन्तुलित भएको नेपाल बैंकर्स संघका अध्यक्ष एवम् एनएमबि बैंकका सिईओ सुनिल केसीले बताएका छन् ।

विषम परिस्थितिबाट बाहिर आउँदै गर्दा अरू सामान्य वर्षहरु भन्दा फरक खालको रहेको उनको बुझाई छ । राष्ट्र बैंकले नीतिगत दर घटाएर थोरै भएपनि राहत दिएको केसिले बताए । उनले भने, ‘ यो नर्मल भन्दा फरक खालको परिस्थितिमा आएको मौद्रिक नीति हो । अहिले बैंकहरूमा पर्याप्त मात्रामा तरलता भएकाले तत्कालै यो नीतिको प्रभाव नदेखिन सक्छ, तर दीर्घकालीन रूपमा बैंकहरूलाई यो नीतिले सहजता प्रदान गर्नेछ ।’

मौद्रिक नीतिले आन्तरिक तथा बाहृय आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरेको छ ।

बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ । यो व्यवस्थाले बैंकिङ प्रणालीमा सहतजा प्रदान गने अपेक्षा नेपाल बैंकर्स संघको छ । 

बैंक तथा वित्तीय संस्थाको सुझाव समेतका आधारमा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरवलोकन गर्ने व्यवस्था मौद्रिक नीतिले गरेको छ ।

निजी क्षेत्रले लामो समयदेखि माग गर्दै आएको चालु पूँजी कर्जाकै कारण अर्थतन्त्र चलायमान हुन नसकेको, निजी क्षेत्रले तत्काल कार्यान्वयन नगर्न भनिरहेको र कार्यान्वयमा पनि सहजता खोजिरहेको अवस्था छ ।